Like us!
Follow us!

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ । सुनकाे मूल्यमा सामान्य गिरावट देखिएकाे छ ।

बिहीबार सुनकाे मूल्य तोलामा एक सय रुपैयाँले घटेर प्रतिताेला ९६ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बिहीबार तेजावी सुनको मूल्य पनि ताेलाकाे एक सय रुपैयाँले नै घटेर प्रतितोला ९५ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, आज चाँदीकाे मूल्य भने  बढेकाे रहेकाे छ । बिहीबार चाँदी ताेलामा ५ रुपैयाँले बढेर प्रतिताेला एक हजार २ सय १० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।