Like us!
Follow us!

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

लगानी खबर, काठमाडौं – नेपाली बजारमा आज (बुधबार) पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ । 

बुधबार सुनकाे मूल्य  ताेलामा ९ सय रूपैयाँले बढेर  प्रतितोला ९६ हजार ३ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बुधबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ९ सय रूपैयाँले नै बढेर प्रतिताेला ९५ हजार ८ सय रुपैयाँ पुगेको छ । 

त्यसैगरी, बुधबार चाँदीकाे मूल्य भने घटेकाे छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतिताेला एक हजार २ सय ५ रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।