Like us!
Follow us!

माछापुच्छ्रे क्यापिटलले डाक्याे पहिलो साधारण सभा, के-के छन् एजेन्डा ?

माछापुच्छ्रे क्यापिटलले डाक्याे पहिलो साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौँ - माछापुच्छ्रे क्यापिटल लिमिटेडले पहिलाे वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे कार्तिक ५ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे पहिलाे वार्षिक साधारण सभा मंसिर ४ गते, बिहीबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, एमबिएल टावर, लाजिम्पाट, काठमाडौंमा अपरान्ह ३ बजेबाट सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

त्यसैगरी, सभामा ६.४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ । यसका साथै, कृति क्यापिटल एण्ड इन्भेष्टमेन्टसँग भएको मर्जर सम्झौता अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f9a5cf255974.jpeg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।