Like us!
Follow us!

मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल राष्ट्र बैंक !

मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल राष्ट्र बैंक !

लगानी खबर, काठमाडौँ -  नेपाल राष्ट्र बैंक लिमिटेडले १ अर्ब २७ करोड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम  २७३ दिनका लागि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ । 

नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब १ कराेड ६० लाख, ‘ख’ वर्गको विकास बैंकमा १९ करोड ५ लाख रुपैयाँ र ‘ग’वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ६ करोड ३५ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाले कार्तिक १६ गते दिउँसो ३:३० बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f9944c957247.jpg 5f9944d200dd5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।