Like us!
Follow us!

दशैँपछि खुलेको शेयर बजारमा देखियो यस्तो माहोल !!

दशैँपछि खुलेको शेयर बजारमा देखियो यस्तो माहोल !!

लगानी खबर, काठमाडौँ - नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा गत बिहीबार अर्थात कार्तिक ६ गतेबाट बन्द भएर आज (कार्तिक १२ गते, बुधबार) बाट खुलेकाे शेयर बजारमा छुट्टै माहाेल देखिएकाे छ । शेयर बजारमा उत्साह र उमंग छाएकाे छ । राैनकताले भरिपूर्ण शेयर बजार ४१.२० अंकले बढेर एक हजार ६४७.४५ काे विन्दुमा पुगेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ४१.२० अंकले बढेर एक हजार ६४७.४५ मा पुगेकाे छ । नेप्से २.५७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ९.२१ अंकले बढेर ३२७.७६ मा पुगेको छ ।

कूल १८८ वटा कम्पनीकाे ९३ लाख २२ हजार ८५ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार ६९ रुपैयाँको कारोबार भएकाे छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ११ वटा उपसमूहको शेयर बढेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर मात्र घटेकाे छ ।

हेराैं आजकाे शेयर तालिका :

5f9939fd199df.jpg 5f993a038cbc8.jpg 5f993a09be52d.jpg 5f993a1085ed0.jpg 5f993a190705b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।