Like us!
Follow us!

सामुदायिक लघुवित्तको नाफामा गिरावट (विवरणसहित)

सामुदायिक लघुवित्तको नाफामा गिरावट (विवरणसहित)

लगानी खबर, काठमाडौँ - सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे नाफामा गिरावट आएकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले ११ लाख २० हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ८३.०३ प्रतिशत अर्थात ५४ लाख ८३ हजार रुपैयाँले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ६६ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

पहिलो त्रैमासमा संस्थाले २ करोड ७८ लाख ९५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ६७ लाख ४५ हजार रूपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी २ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको थियाे ।

त्यसैगरी, पहिलो त्रैमासमा संस्थाकाे सञ्चालन मुनाफा पनि ऋणात्मक भएको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा करोड ३ लाख ७६ हजार रुपैयाँ सञ्चालन नाफा कमाएकाेमा अहिले ४८ लाख ५४ हजार रुपैयाँ घाटामा रहेकाे छ ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी १३ करोड २० लाख रुपैयाँ, जगेडा कोषमा ५ करोड ७२ लाख ३१ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४० पैसा र प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ३६ पैसा रहेकाे छ । 

संस्था​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5f9133bedd9e5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।