Like us!
Follow us!

ग्लाेबल आइएमई बैंकका ग्राहकलाई अत्यन्त जरुरी सूचना !

ग्लाेबल आइएमई बैंकका ग्राहकलाई अत्यन्त जरुरी सूचना !

लगानी खबर, काठमाडौँ - ग्लाेबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ ।

बैंकले नेपाल राष्ट्र बैंककाे एकिकृत निर्देशन, २०७७ काे इ.प्रा. निर्देशन नं. २१/०७७, बुँदा नं. ४५ बमाेजिम बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिकाे नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिकाे एक वा एक भन्दा बढी खाता खाेल्न नपाईने तथा एक जना व्यक्तिलाई एउटै प्रकारकाे एक भन्दा बढी कार्ड जारी गर्न नपाईने व्यवस्था रहेकाे बताउँदै ग्राहकहरूकाे बैंकमा  स्वदेशी मुद्रामा एउटै प्रकृतिकाे एक वा एक भन्दा बढी खाता रहेकाे भए सूचना प्रकाशन भएकाे मितिले ३० दिनभित्र बैंककाे नजिककाे शाखा कार्यलयमा गई कार्ड तथा खाता बन्द गर्न आग्रह गरेको छ । 

त्यसैगरी, ३० दिनभित्र खाता बन्द नगरेमा खाता राेक्का गरिने समेत बैंकले जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f8e9d11d541c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।