Like us!
Follow us!

कृषि विकास बैंककाे डिजिटल भुक्तानीका लागि खल्तीसँग सहकार्य

कृषि विकास बैंककाे डिजिटल भुक्तानीका लागि खल्तीसँग सहकार्य

लगानी खबर, काठमाडौँ - कृषि विकास बैंक लिमिटेडले ईन्टरनेट र मोबाइल बैंकिङ्ग सेवा प्रयाेग गर्ने ग्राहकहरुलाई डिजिटल भुक्तानीमा सघाउन खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ। कृषि विकास बैंकका प्रमुख वित्त अधिकृत यज्ञप्रकाश न्यौपाने  र खल्तीका निर्देशक  अमित अग्रवालले बैंककाे मुख्य कार्यालयमा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्।

खल्तीसँगकाे सम्झाैतापछि कृषि विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग सेवा प्रयोग गरेर उनीहरूको खल्ती वालेटमा रकम लोड गर्न सक्नेछन् । खल्तीमा लाेड गरिएकाे रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तान सेवा उपयाेग गर्न सक्नेछन् ।

यस साझेदारीले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्‍याउने अपेक्षा कृषि विकास बैंकले गरेकाे छ ।  ग्राहकहरूले डिजिटल डिजिटल बैंकिंगमा अझ धेरै सुविधा पाउने बैंकले जनाएकाे छ।

सम्झौता अनुसार बैंकले खल्ती डिजिटल वालेटलाई भर्चुअल मेसिन अपरेटिंग प्रणाली प्रदान गर्नेछ । यसको माध्यमबाट ग्राहकहरूले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सक्नेछन्। कृषि विकास बैंकका ग्राहकले ई-बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, बैंक स्मार्ट, बैंकिङ्ग चेक आउट जस्ता विभिन्न माध्यमहरूमार्फत खल्टीमा रकम लोड गर्न सक्नेछन् । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।