Like us!
Follow us!

ग्लोबल आइएमई बैंक र ल्याण्लमार्क होटल बीच सम्झौता

ग्लोबल आइएमई बैंक र ल्याण्लमार्क होटल बीच सम्झौता

लगानी खबर, काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेड र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्राइभेट लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरूले सो होटल, रिसोर्ट एवमं स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरूमा पाउने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यसैगरी, उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रवद्र्ध्रन प्रमूख शान्ता शिवाकोटी र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पाका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात ल्याण्डमार्क होटल रिसोर्ट को काठमाण्डौ, पोखरा तथा चितवनमा रहेका होटलहरूबाट उपलब्ध सेवा तथा सुविधाहरूमा ग्लोबल आइएमई बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड, मोबाइल बैंकिङ्ग, इ–बैंकिङ्ग तथा QR कोड प्रणाली मार्फत भुक्तानी गर्दा बैंकका ग्राहक तथा कर्मचारीहरूले छुट पाउने छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।