Like us!
Follow us!

यसकारण माछापुच्छ्रे बैंकको साधारण सभा स्थगित !!

यसकारण माछापुच्छ्रे बैंकको साधारण सभा स्थगित !!

लगानी खबर, काठमाडौँ - माछापुच्छ्रे बैंक लिमिटेडकाे २२औंं वार्षिक साधारण सभा स्थगित भएकाे छ ।

बैंककाे हिजाे (असाेज ३० गते, शुक्रबार) बसेकाे सञ्चालक समितिकाे बैठकले कोरोना संक्रमण बढेको र आउँदा चाडपर्वको कारण शेयरधनीहरूलाई साधारण सभामा भाग लिन कठिनाई हुने परिस्थितिलाई मध्यनजर गर्दै अर्काे सूचना प्रकाशित नभएसम्मका लागि कार्तिक ६ गते, हाेटल पाेखरा ग्राण्ड, पार्दि, पाेखरामा गरिने भनिएकाे सभा स्थगित गरिएकाे जानकारी दिएकाे छ ।

बैंककाे सभामा सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ७.०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर र ३.७३ प्रतिशत अर्थात २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिने भनिएकाे थियाे ।

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।