Like us!
Follow us!

फेरी पनि बढ्यो सुनचाँदीकै मूल्य, कतिमा हुँदैछ काराेबार ?

फेरी पनि बढ्यो सुनचाँदीकै मूल्य, कतिमा हुँदैछ काराेबार ?

लगानी खबर, काठमाडौं – नेपाली बजारमा आज (बुधबार) पनि हिजाे मंगलबारकाे जस्तै सुन र चाँदी दुवैकाे मूल्यले उकालाे यात्रालाई निरन्तरता दिएकाे छ ।

बुधबार सुनकाे मूल्य  ताेलामा ५ सय रूपैयाँले बढेर  प्रतितोला ९४ हजार ७ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बुधबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ५ सय रूपैयाँले नै बढेर प्रतिताेला ९४ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । 

त्यसैगरी, बुधबार चाँदीकाे मूल्य पनि ताेलाकाे १५ रुपैयाँले बढेर प्रतिताेला एक हजार एक सय ९० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।