Like us!
Follow us!

अब १ रूपैयाँमा चढ्नुहोस् होण्डा

अब १ रूपैयाँमा चढ्नुहोस् होण्डा

लगानी खबर, काठमाडौँ - नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालीहरूको महान चाड दशैलाई  लक्षित गरी “हर एक नेपालीलाई १ रूपैयाँमा होण्डो” नामक योजना ग्राहकवर्गहरू माझ ल्याएको छ । कोभिड– १९ को यस विषम परिस्थितिलाई मध्यनजर गर्दै उत्सवको अवसरमा होण्डाले समस्त नेपालीहरू माझ खुसी साटासाट गर्ने उद्देश्यले यो योजनालाई नेपाली बजारमा ल्याएको हो । 

असोज ११ गते मंगलबारका दिनदेखि लागू हुने यस योजना अविधि भर ग्राहकहरूले होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रूपैयाँको डाउनपेमेन्ट वा १ रूपैयाँको इएमआई र १% को व्याजदरमा खरिद गर्न सक्नेछन् । स्याकार इन्भेष्टमेन्ट भएका स्थानहरूमा लागू हुने यस फाइनान्स योजनामा ग्राहकहरूले आकर्षक नगद उपहारका साथै अन्य थुप्रै सुविधाहरू समेत प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत खरिदकर्ताहरूले होण्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्कर्याच कुपन मार्फत १ लाख रूपैयाँ सम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्रि बोनस सर्भिसिङ्गका साथै ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ % छुट प्राप्त गर्न सक्नेछन् ।

यसका साथै, होण्डा बिग बाइकको खरिदमा ग्राहकहरूले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।