Like us!
Follow us!

बरदान अनलाइनको दशैं अफर : खसीदेखि रिसोर्टको प्याकेजसम्म

बरदान अनलाइनको दशैं अफर : खसीदेखि रिसोर्टको प्याकेजसम्म

लगानी खबर, काठमाडौँ - लकडाउनमै सुरु गरि पोखरा र चितवनमा होम डेलिभरी गर्दै आएको ई कमर्स बरदान अनलाइन स्टोरले नेपालीहरुको महान चाड बडादशैँको अवसरमा 'बरदान दशैं उत्सव' कार्यक्रम सुरु गरेको छ । जस अन्तर्गत असोज ११ गतेदेखि कार्तिक ६ गतेसम्म चल्ने उत्सवमा ग्राहकले ३० प्रतिशतसम्म छुट र विभिन्न पुरस्कारहरु प्राप्त गर्नेछन्।

एक हजार रुपैयाँ भन्दा बढी सामान खरिदकर्तालाई स्टोरले अर्डरकोड उपलब्ध गराउने र त्यसै कोडमार्फत लक्की ड्रमार्फत विजेता छनोट गरिने कार्यकारी प्रमुख सञ्जीव पौडेलले जानकारी दिएका छन् । लक्की ड्रबाट उपहार जित्नेलाई खसी, चितवनको बाराही जंगल रिसोर्टको तर्फबाट २ दिन १ रातको कपल स्टे वीथ डिन्नर, सराङकोट माउण्टेन लजमा २ दिन १ रातको कपल स्टे वीथ डिनर र  पाँच हजार रुपैयाँ बराबरको ब्यञ्जन रेष्टुरेन्टमा फुड कुपन प्राप्त गर्ने पौडेलले बताए।

यस बाहेक बरदान दशैँ उत्सवको उपहारमा ५० जनाले हरेक हप्ता ५ सय रुपैयाँ बराबरको बरदान अनलाइन स्टोरको गिफ्ट भौचर पाउनेछन् । दशैं उत्सवको समाप्तिपछि दोस्रो ठूलो चाड तिहारको अवसरमा पनि अर्को अफरका साथ कार्यक्रम गरिने समेत कार्यकारी प्रमुख पौडेलले जनाएका छन् ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।