Like us!
Follow us!

बढ्यो सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

बढ्यो सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

लगानी खबर, काठमाडौं – नेपाली बजारमा हिजाे साेमबार स्थिर रहेकाे सुनकाे मूल्यले आज (मंगलबार) भने उकालाे यात्रा तय गरेकाे छ ।

मंगलबार सुनकाे मूल्य  ताेलामा ९ सय रूपैयाँले बढेर  प्रतितोला ९४ हजार २ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, मंगलबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ९३ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । 

त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य पनि ताेलाकाे २५ रुपैयाँले बढेर प्रतिताेला १ हजार १ सय ७५ रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।