Like us!
Follow us!

सोमबार सुनचाँदीको मूल्य कति ?

सोमबार सुनचाँदीको मूल्य कति ?

लगानी खबर, काठमाडौँ - नेपाली बजारमा आज (सोमबार) सुन र चाँदी दुवैकाे मूल्य यथावत रहेकाे छ । 

आइतबार तोलामा ६ सय रुपैयाँले घटेर प्रतिताेला ९३ हजार ३ सय रुपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज स्थिर रही साेही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुनकाे मूल्य पनि प्रतितोला ९२ हजार ८ सय रुपैयाँ नै कायम भएको छ । 

त्यसैगरी, सोमबार चाँदीको भाउ पनि स्थिर रही प्रतिताेला एक हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।